Kunjana Ghimire   
Movie's Credit : Cast / Director / Producer / Story
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्बजनिक, धुर्मुस - सुन्तली बिच राजनीतिक द्वन्द्व

लेन्सनेपाल २०७६ माघ १६
चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्बजनिक, धुर्मुस - सुन्तली बिच राजनीतिक द्वन्द्व

चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्बजनिक गरिएको छ । सामाजिक - राजनीतिक विषयबस्तुमा निर्माण गरिएको चलचित्रको ट्रेलर मनोरञ्जनात्मक छ ।

राजनीतिका कारण पारिवारमा निम्तिएको झमेला र त्यसपछि उत्पन्न परिस्थिति ट्रेलरमा समेटीएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री, बसन्त भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा सिताराम र कुञ्जना श्रीमान श्रीमती भए पनि दुई फरक राजनीतिक दलका कार्यकर्ताको भूमिकामा देखा परेका छन् । फरक दलमा लागेर राजनीति गर्दा दम्पतिको जीवनमा आउने उतारचढाव पनि ट्रेलरमा देखाइएको छ । कमेडी र इमोसनको समिश्रणसहितको ट्रेलर व्यवसायिक लाग्छ ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सिताराम र कुन्जना हुन भने लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् ।

चलचित्रमा राजनराज सिवाकोटी, शंकर थापा, कालीप्रसाद बाँस्कोटा र सुशान्त गौतमको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेलको कथा र दीपक आचार्यको लेखन रहेको छ । चलचित्र फागुन ९ गते बाट प्रदर्शन हुँदै छ ।